शिक्षा विधयकमा हाम्रो पनि असहमति छ : बालेन्द्र शाह


काठमाण्डु – काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहले शिक्षा विधेयकमा आफ्नो पनि असहमति रहेको जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै मेयर शाहले विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकाले किमार्थ स्वीकार गर्न नसकिने जनाएका छन् ।

उनले लेखेका छन्, ‘शिक्षा विधयकमा हाम्रो नि असहमति छ । लगभग २ लाख ५० हजार हजार विद्यार्थी तथा १०००० भन्दा धेरै शिक्षक हाम्रो मातहतमा छ । आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ । किनकि काठमाडौंको शिक्षाको नीति र जुम्लाको नीति र आवश्यकता फरक हुन्, छन् । संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो । संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन । स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे सम्मानित अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहन्छौं ।

मेयर शाहले स्कूल बन्द गर्नेलाई भने कारवाही हुने जनाएका छन् । उनले लेखेका छन्, ‘शिक्षकले स्कूल बन्द गरेर पठनपाठनमा अवरोध नपुर्‍याउनुहोला । यस्ता अवरोध पुर्‍याउनेहरूलाई कानून (संविधान) अनुसार कारबाही हुनेछ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement