मेयर बालेनको प्रश्न- अभियन्ताको नेतासँग वार्ता गर्नुपर्ने हो ?

मेयर बालेनको प्रश्न- अभियन्ताको नेतासँग वार्ता गर्नुपर्ने हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आन्दोलनरत अभियन्तालाई संवादमा बोलाउँदा आउन नखोजेको बताएका छन् ।

सडक व्यापारीको पक्षमा केही दिनदेखि अभियन्ता भनिने ईःसहित केही व्यक्ति सभागृहअघि उभिएर धर्ना दिइरहेका छन् । उनीहरुसँग आन्दोलनको विषय र समस्याको बारेमा जानकारी लिन बोलाउँदा संवादमा नआएको बालेनको भनाइ छ ।

मेयर बालेनले सोमबार सामाजिक सञ्जालमा लेख्दै वार्ता हामीले उहाँहरूको नेतासँग गर्न पर्ने ? भन्दै प्रश्नसमेत गरेका छन् । शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विगत केही दिन देखि केही अभियन्ताहरू आन्दोलनमा हुनु हुन्थ्यो , उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफै गएर वार्ता गरौँ यहाँहरुको कुरा र समस्या सुनौँ भन्दा अभियन्ताहरु संवादमा बोलाउँदा आउन खोज्नुभएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ , सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ । के वार्ता हामीले उहाँहरूको नेतासँग गर्न पर्ने ?’

सो धर्नामा राजनीतिक स्वार्थ जोडिएको आशंकासमेत उनले गरेका छन् ।