स्वास्थ्यकर्मीको रक्षा र सुरक्षा गर्न कठिन परेको छ : मेयर शाह


काठमाण्डु – काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्वास्थ्यकर्मीलाई देशभित्रै बस्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

मंगलबार दिव्य शताब्दी पुरुष डा. गौरीशंकरलाल दासलाई नागरिक अभिनन्दन गर्दै उनले डा. दासलाई झैं सरकारले अन्य चिकित्सकलाई पनि सुरक्षाको प्रत्याभूति दिलाइ देशमै रहेर सय वर्ष बिताउनसक्ने वातावरण सिर्जना गर्नुपर्ने बताए ।

स्वास्थ्यकर्मीको सुरक्षा गर्न देशमा कठिनाइ भइरहेको उनले बताए । उनले एउटा व्यक्तिले आफ्नो पेशा इमान्दारिताका साथ गर्ने हो भने कुनै तन्त्रले केही फरक नपर्ने बताए ।

उनले भने, ‘अहिलेको देशको स्थितिमा उहाँजस्तो व्यक्तिको बारेमा काठमाण्डु महानगरपालिकाभित्रै नभएर देशभर नै उहाँको विशेषता र उहाँको प्रेरणा मूल समारोह समितिले वर्षभर गर्ने कार्यक्रममा मूल सूचना प्रवाह गर्न सके नयाँ पुस्तालाई निकै प्रेरणा मिल्छ । विशेषगरी डाक्टरसाप, नर्स, स्वास्थ्यकर्मीहरू, अहिलेको देशको स्थितिमा देशमै रहेर सय वर्ष बिताउन सक्ने प्रेरणा जागोस् ।’

‘अहिलेको स्थितिमा जुन स्वास्थ्यकर्मीहरू बाहिँरिँदै जाँदै हुनुहुन्छ, उहाँहरूको रक्षा र सुरक्षा गर्न कठिन परेको छ, उहाँजस्तै देशमै बसेर सेवा गर्न सकिन्छ भनेर स्वास्थ्यकर्मीहरुलाई सुरक्षाको व्यवस्था होस् । कार्यक्रमको शुरुमै के भनियोभन्दा ५ वटा राजा, ३५ प्रधानमन्त्री भनियो । एउटा व्यक्तिले आफ्नो पेशा इमान्दारिताका साथ गर्न काममा निरन्तरता दिन कुनै पनि तन्त्रले केही फरक नपर्ने रहेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement