राष्ट्रपतिले पैदल गएर जात्रा अवलोकन गर्नु अर्को फड्को हो : मेयर शाह

राष्ट्रपतिले पैदल गएर जात्रा अवलोकन गर्नु अर्को फड्को हो : मेयर शाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेल लगायत विशिष्ट अतिथिले पैदल गएर जात्रा अवलोकन गर्नु सम्पदा संरक्षणमा अर्को फड्को भएको जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले महानगरले बनाएको नो भेहकल जोन (सवारीसाधन निषेधित क्षेत्र) मा सवारीसाधन प्रवेश नगराएकोमा आभार व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथिहरूले काठमाडौं महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको नो भेहकल जोन (सवारीसाधन निषेधित क्षेत्र) मा सवारीसाधन प्रवेश गराइदिनुभएन । उहाँहरूले जुद्ध सालिकदेखि पैदल नै गई जात्रा अवलोकन गरिदिनुभो । हामीलाई विश्वास छ, यसबाट सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने छ । सामान्य जस्तो लागे पनि काठमाडौंका सम्पदा संरक्षणमा यो अर्को फड्को हो । हाम्रो अनुरोधको परिवर्तनलाई स्वीकार गरिदिनुभएकोमा आभारी छौं । हाम्रो सम्पदा, हाम्रो पहिचान ।’