चालक पक्राउ परेपछि काठमाण्डुका मेयर शाहले दिए फोहोर नउठाउने चेतावनी

चालक पक्राउ परेपछि काठमाण्डुका मेयर शाहले दिए फोहोर नउठाउने चेतावनी


काठमाण्डु । फोहोर बोक्ने गाडीका चालक पक्राउ परेपछि काठमाण्डु महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ले फोहोर नउठाउने चेतावनी दिएका छन् ।

फोहोर बोक्ने गाडीका ४ जना चालकलाई पक्राउ गरिएको भन्दै उनले राजनीतिक दल र नेताहरूप्रति आक्रोश पोख्दै फोहोर नउठाउने बताए ।

सामाजिक सञ्जालमा लेख्दै उनले नेताहरूको घरको फोहोर नउठाउने चेतावनी दिए ।

उनले फेसबुकमा लेखेका छन्, ‘भ्रष्टलाई समाउन सक्नुभएन, काठमाडौंमा फोहोर बोक्ने ४ चालकलाई समाउनुभएछ यो सरकारले । जबसम्म स–सम्मान चालकहरू रिहा हुन्नन्, सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर उठ्दैन । को–को जुध्न आउने हो ? आए हुन्छ । कसैलाई बाँकी छोडिँदैन !’