काठमाण्डु महानगरको नगरसभा स्थगित, पार्टीको धङधङी बोकेर बैठकमा नआउन बालेनको चेतावनी

काठमाण्डु महानगरको नगरसभा स्थगित, पार्टीको धङधङी बोकेर बैठकमा नआउन बालेनको चेतावनी


काठमाण्डु- काठमाण्डु महानगरपालिकाको नगरसभाको बैठक स्थगित भएको छ । आइतबार बसेको कार्यपालिका बैठक एमाले र कांग्रेसका जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेपछि नगरसभाको १५ औँ बैठक स्थगित भएको हो ।

कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेपछि मेयर बालेन्द्र शाह (बालेन) ले आगामी असार १० गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका छन् ।

आइतबारको बैठक सुरु हुनासाथ मेयर शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे बोल्न चाहनेलाई ५ मिनेटको समय दिए लगत्तै कार्यपालिका सदस्यहरू बैठक छाडेर हिँडेका थिए ।

बैठक स्थगित भएपछि मेयर शाहले सामाजिक सञ्जालबाट कांग्रेस–एमालेको धङधङी बोकेर नगरसभा बैठकमा नआउन चेतावनी दिएका छन् ।