काठमाण्डु-काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् ।
फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले प्रधानमन्त्रीलाई बाल दिवसको व्यग्यात्मक शुभकामना पनि दिएका छन् । मेयर बालेनले पीडित बालिकाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण न्याय नपाएर मर्नु परेका कारण बाल दिवसको शुभकामना दिन नसकेको बताएका छन् ।
उनले बाल दिवसको शुभकामना स्वयं प्रधानमन्त्रीलाई टक्रयाउन चाहेको र ग्रहण गर्न आग्रह गरेका छन् । उनले लेखेका छन्–‘पीडित बालिकाहरुले प्रम (खडगप्रसाद ओली)का कारण न्याय नपाएर मर्नु परेका कारण बाल दिवसको शुभकामना दिन सकिन, सो शुभकामना स्वय प्रम ज्युलाई नै टक्राउन चाहन्छु ग्रहण गर्नुहोला ।




प्रतिक्रिया