काठमाण्डु– फेसबुकलगायतका सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजीले गर्न लागेको प्रदर्शनलाई काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पनि समर्थन जनाएका छन् ।
सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजीले सोमबार काठमाण्डुमा गर्न लागेको प्रदर्शनलाई बालेनले पनि समर्थन जनाएका हुन् ।
बालेनले सामाजिक सञ्जालमार्फत उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको जानकारी गराएका छन् । उनले उमेर हदबन्दीका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाउँने समेत उल्लेख गरेका छन् ।
उनले ‘प्रिय Gen Z भन्नुस् तपाईँ हरुले कस्तो देश देख्न चाहनु हुन्छ’ ? भनेर प्रश्न समेत गरेका छन् । बालेनले लेखेका छन् ‘भोलीको र्याली स्पष्ट स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसकालागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ,’ बालेनले भनेका छन्, ‘भोलि यो स्वतफुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’




प्रतिक्रिया