काठमाण्डु – काठमाण्डु महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ले जेनजी प्रदर्शनकारीलाई संयमित हुन आह्वान गरेका छन् ।
सामाजिक सञ्जाल फेसबूकमार्फत उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्याराको संज्ञा दिँदै राजीनामा आइसकेकाले अब संयमित हुनुपर्ने बताएका छन् ।
देशको जनधनको क्षति भनेको हाम्रै सम्पत्तिको क्षति रहेको जनाउँदै उनले अब जेनजी पुस्ताले नै देशको नेतृत्व गर्नुपर्ने बताए ।
उनले संसद् विघटन गरेर सेना प्रमुखसँग वार्ता गर्न तयार हुनुपर्ने बताएका छन् ।





प्रतिक्रिया