काठमाण्डु – जेनजी आन्दोलनसँग जोडिएको सन्दर्भमा काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले सामाजिक सञ्जालमार्फत तीखो प्रतिक्रिया जनाएका छन् ।
आन्दोलनमा संलग्न युवापुस्तामाथि विभिन्न नेताले गरेको टिप्पणीप्रति असन्तुष्टि व्यक्त गर्दै मेयर शाहले आफूलाई ‘लुसिफर’ भन्नेहरूलाई प्रत्यक्ष जवाफ दिएका छन् । उनले प्रश्न गरेका छन्, ‘लाज लाग्दैन ?’
बालेनले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘तुइन र काठका पुल बनाउने नेताहरू भन्छन्, यो देश विदेशीले बिगार्यो । भिसा पाउनलाई तिमीहरूको घर धाउनुपर्छ, अरूलाई एजेन्ट भन्छौ !’
उनले अगाडि लेखेका छन्, ‘आन्दोलनमा पूरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्ना बालबालिकालाई दिन्छौ ! चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?’




प्रतिक्रिया