काठमाण्डु– काठमाण्डुका मेयर बालेन्द्र साह (बालेन)ले पदबाट राजीनामा नदिने भएका छन्। आजै राजीनामा दिने तयारीमा रहेका शाहले कानुन व्यवसायीसँगको परामर्शपछि राजीनामा नदिने निर्णयमा पुगेका हुन् ।
उनले उपप्रमुख सुनिता डंगोललाई राजीनामा बुझाउने तयारी समेत गरेका थिए ।
कानुन व्यवसायीले मनोनयन दर्ता गराएपछि मेयर पद स्वतः निष्क्रिय हुने भएकाले राजीनामा लेखिराख्नु नपर्ने भनेपछि राजीनामा नदिने नदिने मनस्थितिमा पुगेको बालेनको सचिवालय स्रोतले जानकारी दियो ।
उनी आज पहिलो पटक रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुदैं छन् ।
२ बजे बस्ने रास्वपाको केन्द्रीय कमिटी बैठकमा बालेन जाने भएपछि रास्वपाको र्यापिड एक्सन टिमका कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ।




प्रतिक्रिया