बालेनले भेटे अस्ट्रेलियाका प्रधानमन्त्री

बालेनले भेटे अस्ट्रेलियाका प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क– अस्ट्रेलियाले नेपालमा गत महिना आएको भोटेकोशी विनाशकारी बाढीबाट भएको क्षतिको पुनःनिर्माणमा आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटमा अस्ट्रेलियाका प्रधानमन्त्री अन्थोनी अल्बानिजले विपद्बाट प्रभावित नेपालीप्रति समवेदना व्यक्त गर्दै नेपाललाई आवश्यक पर्ने क्षेत्रमा सहयोग जारी राख्ने बताए ।

अल्बानिजले नेपाल बाढीबाट भएको ठूलो क्षतिबाट पुनःउत्थानको प्रयासमा रहेका बेला अस्ट्रेलिया नेपाली जनतासँगै रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनले यसअघि अस्ट्रेलियाले उपलब्ध गराएको सहयोगबारे पनि प्रधानमन्त्री शाहलाई स्मरण गराएका थिए ।

अस्ट्रेलियाली प्रधानमन्त्रीले विपद्का कारण प्रभावित भएका नेपालीप्रति गहिरो समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा नेपाललाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउन अस्ट्रेलिया तयार रहेको बताएका थिए ।

जवाफमा प्रधानमन्त्री शाहले अस्ट्रेलियाबाट प्राप्त सहयोगका लागि धन्यवाद दिए ।