बालेन टिमको टुंगो लाग्दै, अर्थमा वाग्ले, परराष्ट्रमा खनाल, गृहमा सुदन र कानुनमा गौतम पक्का

बालेन टिमको टुंगो लाग्दै, अर्थमा वाग्ले, परराष्ट्रमा खनाल, गृहमा सुदन र कानुनमा गौतम पक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन शाहको नेतृत्ववमा बन्ने मन्त्रिपरिष्द्का सदस्यहरूको अन्तिम सूची बनाउन गृहकार्यमा लागेको छ

वरिष्ठ नेता शाहले शुक्रबार प्रधानमन्त्रीको शपथग्रहण गर्दै छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा मध्याह्न १२ बजेर ३४ मिटनमा उनले शपथग्रहण गर्नेछन् ।

तर सरकारमा को–को मन्त्री हुँदै छन् भन्ने अहिलेसम्म खुलेको छैन । एक नेताका अनुसार बालेनले सानो आकारको मन्त्रिपरिषद् बनाउँदैछन् ।

यद्यपी सरकारमा जाने केही मन्त्रीहरूको नाम टुंगो लागेको छ । अर्थ मन्त्रीमा डा. स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रीमा शिशिर खनालर गृह मन्त्रीमा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङको नाम पक्का भएको छ । यसैगरी कानुन मन्त्रीमा सोविता गौतम निश्चित भएकी छिन् ।

रास्वपाका उपसभापति पनि रहेका वाग्ले तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । खनाल काठमाण्डु–बाट विजयी भएका छन् भने सुदन गोरखा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । यसैगरी गौतम चितवन–३ बाट निर्वाचित भएकी छन् ।

सम्भावित मन्त्रीहरूको सूचीमा अमरेशकुमार सिंह, लेखजंग थापा, तोसीमा कार्की, विराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, विक्रम खनाल, गनेण पौडेल, निशा डाँगी, सुदन गुरुङ, गीता चौधरी, सीता बादीको नाम छ ।

सभामुखमा डीपी अर्यालको नाम टुंगो लागेको छ ।