काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा बन्ने मन्त्रिपरिष्द्का सदस्यहरूको अन्तिम सूची तयार भएको छ ।
वरिष्ठ नेता शाहले शुक्रबार प्रधानमन्त्रीको शपथग्रहण गर्दै छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा मध्याह्न १२ बजेर ३४ मिटनमा उनले शपथग्रहण गर्नेछन् ।
अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, गृहमन्त्री सुदन गुरुङ, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल र पर्यटन मन्त्रीमा गणेश पौडेलको नाम पक्का भएको छ ।
यसैगरी अमरेशकुमार सिंह उद्योग मन्त्री बन्दैछन् भने सुनिल लम्शाललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाउँदैछन् । यस्तै उर्जा तथा जलस्रोत मन्त्रीमा विराज भक्त श्रेष्ठ नियुक्त हुँदैछन् भने सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने भएकी छन्।
यस्तै सस्मित पोखरेल शिक्षा मन्त्री बन्दैछन् । विक्रम तिमिल्सेनाले सूचना तथा संचार मन्त्रालयको जिम्मेवारी पाउँदैछन् । गीता चौधरी कृषी मन्त्री बन्दैछिन् । यस्तै निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री, दिपक शाह श्रममन्त्री बन्ने भएका छन् ।
उपसभापति डिपी अर्याल लाई सभामुख बनाउने निर्णय रास्वपाले गरेको छ ।




प्रतिक्रिया