काठमाण्डु– सभामुख डीपी अर्याल प्रधानमन्त्री बालेन शाहलाई भेट्न सिंहदरबार पुगेका छन् । बिहीबार दिँउसो प्रतिनिधिसभा बैठक स्थगित गरेर सभामुख प्रधानमन्त्रीलाई भेट्न गएका हुन् ।
प्रधानमन्त्री र सभामुखबीच आधाघण्टा कुराकानी भएको छ ।
विपक्षी दलहरूले संसद नियमावलीको बाध्यकारी व्यवस्थाअनुसार प्रधानमन्त्री शाहसँग संसदमा प्रश्नोत्तर कार्यक्रम नराखेको भन्दै बिहीबार संसद् बैठक अवरुद्ध गरेका छन् ।
प्रमुख प्रतिपक्षी काँग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदले बैठक अवरुद्ध गरेका हुन् ।
सभामुख अर्यालले प्रधानमन्त्री तथा गृह, रक्षा, विज्ञान, प्रविधि र नवप्रवर्तनमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक–२०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएपछि विपक्षी दलका सांसदहरुले उठेर विरोध गरेका थिए ।




प्रतिक्रिया