पूर्वराजालाई जरिवाना पत्र बुझाउन गएको महानगरको टोली गेटबाटै फर्कियो

पूर्वराजालाई जरिवाना पत्र बुझाउन गएको महानगरको टोली गेटबाटै फर्कियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना पत्र बुझाउन गएको काठमाडौं महागरपालिकाको टोलीलाई निर्मल निवासबाट फर्काइएको छ ।

आइतबार बिहान काठमाडौं महानगरपालिकाको टोली निर्मल निवास गेटमा पुगेको थियो । उनीहरुलाई प्रहरीले गेटबाटै फर्काइदिएको हो ।

अब जरिवाना पत्र हुलाकबाट पठाइने बताइएको छ ।

चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेका फोहोर र तोडफोडका प्रमुख योजनाकार पूर्वराजा शाह भएको भन्दै महागरपालिकाले जरिवाना तिराउने निर्णय गरेको थियो ।

शनिबार महानगरपालिकाले पूर्वराजा शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय थियो।