६७४ मतान्तरले अगाडि बालेन शाह, पछ्याउँदै स्थापित

६७४ मतान्तरले अगाडि बालेन शाह, पछ्याउँदै स्थापित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाडाैं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ काे अग्रता कायमै छ । पछिल्लाे विवरण अनुसार उनले १ हजार ७०६ मत पाएका छन् । शाहलाई एमालेका केशव स्थापित १ हजार ३२ मतले पछ्याइरहेका छन् ।

गठबन्धनबाट उम्मदेवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले ८६८ मत पाएकी छन् । त्यस्तै, राप्रपाका मदन दासले १६५ मत पाएका छन् ।