काठमाण्डु – काठमाण्डु महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिँदै केही सुझावहरू दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सन आग्रह गरेका हुन् ।
उनले लेखेका छन्, ‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।’
भारत र चीनले नेपाललाई सोध्दै नसोधी नेपाली भूमि लिपुकलेकलाई हालै दुई देशको व्यापारिक मार्ग बनाउने सहमति गरेका छन्। जसप्रति नेपालले गम्भीर आपत्ति जनाइसकेको छ ।
यसैबीच प्रधानमन्त्री ओली शनिबार चीन प्रस्थान गरेका छन् । जहाँ उनको चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग साइडलाइन भेटवार्ता हुनेछ । प्रधानमन्त्रीले शुक्रबार पत्रकारहरूलाई चीन भ्रमणमा यो मुद्दा उठाउने बताएका थिए ।





प्रतिक्रिया