ओलीमाथि खनिए बालेन:८ वर्षदेखि नाबालिगलाई हिंसा गर्ने तपाईंको सांसदलाई किन नसमाएको?

ओलीमाथि खनिए बालेन:८ वर्षदेखि नाबालिगलाई हिंसा गर्ने तपाईंको सांसदलाई किन नसमाएको?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएको विषयमा प्रश्न गरेका छन्।

एमालेकी प्रदेश सांसद रहेकी रेखा शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएकाे र दैनिक रुपमा ती बालिकालाई कुटपिट समेत गर्दै आएको बताउँदै मेयर बालेनले २ महिनादेखि महानगरले आग्रह गर्दा पनि सरकारले कारबाही नगरेको भन्दै प्रश्न गरेका हुन्।

‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर एक जना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ,’ मेयर बालेनले भनेका छन्, ‘दैनिक रुपमा कुटपिट गर्दै आउनुभएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन।’

मेयर बालेनले अदालतले पनि मुद्दा चलाउ भनिसकेकाे बताएका छन् ।

त्यस्तै उनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै अघि भनेका छन्, ‘सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ, समाउनलाई भन्दछ। सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँशु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला।’