काठमाण्डु– काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीचको वार्ता सकिएको छ ।
बिहीबार बालेनका सहयोगी कुमार बेनको कुपण्डोलस्थित घरमा उनीहरुबीच वार्ता भएको हो ।
बैठक स्थलबाट बाहिरिंदै लामिछानेले दुइ पक्षबिचको छलफल सकारात्मक भएको बताए ।
सञ्चारकर्मीले वार्ता कस्तो भयो भनेर प्रश्न गरेको प्रश्नमा प्रतिप्रश्न गर्दै रविले भने ‘मेरो अनुहारले के भन्छ ?’ ।
यस्तै लौरो टेक्ने कि घण्टी बजाउने ? भन्ने प्रश्नमा उनले बाँकी समयले बताउने र वार्ता राम्रो भएकाे बताए ।




प्रतिक्रिया