बालेनलाई पहिलो चरणमा प्रधानमन्त्री र रास्वपाको सह-सभापति बनाइने

बालेनलाई पहिलो चरणमा प्रधानमन्त्री र रास्वपाको सह-सभापति बनाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु वैकल्पिक नयाँ शक्तिबीच सहकार्यको प्रयासमा रहेका काठमाण्डु महानगरका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच सहमतिको खाकाका विषयमा गृहकार्य सुरु भएको छ ।

यी दुई नेताबीच दुईपटक भएका छलफलबाट उनीहरू सहमतिनजिक पुगेको र त्यसअनुसार सहमतिको अन्तिम खाका बनाउने गृहकार्य थालिएको हो । यी तीन नेताहरूबीच बिहीबार पनि छलफल भएको थियो ।

स्रोतका अनुसार वैकल्पिक शक्ति बनाउने अभियानमा रहेका यी नेताले निर्णायक ढंगले छलफल गर्न लागेका हुन् ।

सहमतिको खाका बनाउन छलफलमा शिशिर खनाल, असिम शाह, कुमार व्यञ्जनकारलगायतको सहभागिता छ । उनीहरूले रवि र बालेन लाई कसरी मिलाएर जाने भन्नेबारे सहमतिको खाकामा छलफल गरिरहेका छन् ।

खाका निर्माणमा सहभागी रास्वपाका एक नेताका अनुसार यसअघि दुई नेताबीच भएका छलफलमा उठेका विषयलाई नै सहमतिविन्दु पहिल्याउने काम भइरहेको छ । नेताहरूले आसन्न चुनावमा रास्वपाको चुनाव चिन्ह घण्टी चिन्हबाट चुनाव लड्ने गरी सहमतिको ड्राफ्टमा छलफल भइरहेको छ ।

‘विस्तृत सहमतिको ड्राफ्ट शुक्रबार साँझसम्म तयार भइसक्छ’, ती नेताले भने । बालेन पनि रास्वपामा रहने र पार्टीमा उनको बरियता रविको भन्दा पछाडि रहने छ । बालेनलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउने विषयमा छलफल जारी छ । यस्तै बालेनलाई रास्वपाको सह सभापति बनाइने छ । साथै एकीकृत पार्टीमा जेन जी युवा नेताहरूलाई पनि कसरी समावेश गराइने विषयमा छलफल केन्द्रित छ ।

रवि र बालेनबीच बिहीबार भएको भेटमा सम्भावित एकता प्रक्रियाबारे कुरा भएको थियो । पार्टीको नाम, चुनाव चिह्न, उम्मेदवार अनुपात आदिबारे छलफल भएको थियो ।