बालेन शाह आज देउवाको गृहजिल्ला जाँदै

बालेन शाह आज देउवाको गृहजिल्ला जाँदै


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहचुनावी अभियानको क्रममा अहिले सुदूरपश्चिममा छन् ।

चुनावी अभियानका क्रममा शाह बुधबार डडेलधुरा जानेछन् । बिहान ९ बजे उनी पार्टी सम्पर्क कार्यालय महेश्वरी पुग्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।

यस्तै, अपरान्ह १२ बजे बैतडीको पाटनमा पुग्ने कार्यक्रम छ भने साँझ ४ बजे भने दार्चुला पुग्ने कार्यक्रम तय भएको छ ।

शाह बझाङको बुइङ्गल पुग्ने छन् । उनी राति त्यहिँ बस्नेछन् ।