मतदाता भेट्न मोरङमा बालेन सक्रिय

मतदाता भेट्न मोरङमा बालेन सक्रिय


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार तथा मतदातासँग भेटघाटका लागि बुधबार बिहान मोरङ पुगेका छन्।

मोरङ पुगेका शाहले मोरङ–१ का रास्वपा उम्मेदवार अधिबक्ता यग्यमानी न्योपानेसहितसँग भेटवार्ता गरेका उनको सचिवालयले जनाएको छ। यस्तै शाहले मोरङ्ग–३का उम्मेदवा। गणेश कार्कीसँग भेटघाट गरेका छन् । बालेन बुधबार नै झापाबाट तेस्रो चरणको जिल्ला दौडाहामा निस्कएका हुन्।

पहिलो चरणमा बिर्तामोड हुँदै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटा पुगेर काठमाण्डु फर्किएका बालेन त्यसपछि सुदूरपश्चिमको यात्रामा निस्केका थिए। उनले मङ्गलबार आफ्नो क्षेत्रका मतदातासँगको भेटघाटमा व्यस्त भए।

बुधबार बिहान उनले मोरङको उर्लाबारीबाट फरक जिल्लाको यात्रा तय गरेका हुन् । उनले बुधबार दिनभरी मोरङका विभिन्न पालिकासँगै सुनसरी र उदयपुर जिल्लामा कार्यकर्ता भेटघाट कार्यक्रम राखेका छन्।

कार्यकर्ता भेटघाट तथा छलफलपछि सुनसरीको इनरुवा पुग्ने र त्यहाँबाट साढे १२ बजेपछि बराहक्षेत्रतर्फ लाग्ने तालिका बनाइएको छ।

बराहक्षेत्रपछि अन्तिम गन्तव्य उदयपुरका तय गरिएको छ। यो क्रममा बालेनले आफ्ना कार्यकर्तासँग भेटघाट उम्मेदवारहरूसँग छलफल तथा मतदातासँग अन्तक्रिया गर्नेछन्।