काठमाण्डु – निर्वाचन प्रचारप्रसार अभियानको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह लागि अहिले कोशी प्रदेशमा सक्रिय छन् ।
झापा–५बाट उम्मेखवारी दिएका शाह आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनी चुनावी अभियानमा सक्रिय भएका हुन् ।
उनी चुनावी प्रचारप्रसारका लागि सुदूरसहित पूर्वी जिल्ला पुगिसकेका छन् ।
रास्वपाबाट प्रधानमन्त्रीमा पनि प्रस्तावित शाह बिहीबार उदयपुर, खोटाङ र ओखलढुङ्गामा आयोजित कार्यक्रममा सहभागी हुनेछन् ।
उनी बिहान उदयपुरको गाइघाटमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् । त्यस्तै देउरी–चौडे–कटारीमा आयोजित कार्यक्रममा सहभागिता जनाउनेछन् । बिहीबार दिउँसा खोटाङको हलेसी महादेव पुग्ने कार्यक्रम छ ।
त्यस्तै हलेसी महादेवको दर्शन गरी बिहीबार नै ओखलढुङ्गाको केतुकेमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् ।





प्रतिक्रिया