बालेनको चुनावी दौड : आज सप्तरीदेखि बर्दिवाससम्म घरदैलो

बालेनको चुनावी दौड : आज सप्तरीदेखि बर्दिवाससम्म घरदैलो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन शाहले निर्वाचन क्षेत्र केन्द्रित घरदैलो तथा नागरिक भेटघाट कार्यक्रम मंगलबार पनि जारी राखेका छन् ।

शाह मंगलबार सप्तरीदेखि महोत्तरीसम्मका विभिन्न स्थानमा चुनावी कार्यक्रममा सहभागि हुन लागेका हुन् ।

मंगलबार बिहान सप्तरीको सप्तकोशी नगरपालिकाबाट सुरु हुने शाहको निर्वाचन क्षेत्र केन्द्रित घरदैलो तथा नागरिक भेटघाट कार्यक्रम साँझ महोत्तरीको बर्दिबासमा समापन हुनेछ ।

यस क्रममा उनले सप्तरी, सिराहा, धनुषा र महोत्तरी जिल्लाका विभिन्न स्थानमा नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, सुझाव र गुनासा सुन्ने र संक्षिप्त सम्बोधन गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

रास्वपाका अनुसार यस घरदैलो यात्रामार्फत पार्टीले स्थानीय तहका वास्तविक समस्या बुझ्ने, नागरिकसँग प्रत्यक्ष संवाद गर्ने तथा आगामी राजनीतिक कार्यदिशाबारे जानकारी दिने लक्ष्य लिएको छ।

शाह सप्तरीको सप्तकोशी नगरपालिका, कञ्चनरूप, हनुमाननगर, राजविराज, डाक्नेश्वरी नगरपालिका र बोधेबरसाइन पुग्ने छन् ।

यस्तै, सिरहाको भगवानपुर, नवराजपुर बरियारपट्टी औरही, सुखीपुर हुँदै जिरो माइल, गोलबजार, चोहरवा, मिर्चैया, कल्याणपुर, सिराहा बजार र कमला पुल हुँदै तीनकौरिया चोकमा निर्वाचन क्षेत्र केन्द्रित घरदैलो तथा नागरिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी शाह धनुषाको यादुकुवा, धनुषाधाम, नगराइन तथा महोत्तरीको जलेश्वर, एकडारा, बलवा, सरपल्लो र बर्दिबास जाने कार्यक्रम तय भएको रास्वपाले जनाएको छ ।