काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह शनिबार तीन जिल्लामा चुनावी कार्यक्रमा सहभागी हुने भएका छन् ।
शनिबार उनी रुपन्देही, कपिलवस्तु र नवलपरासीमा आयोजना हुने नागरिक तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागि हुनेछन् । बालेनले शुक्रबार गोरखा बजारमा चुनावी कार्यक्रम गरेका थिए ।
रुपन्देहीको मार्चवारीस्थित मन्दिरबाट शनिबार दिउँसो १ बजे बालेनको कार्यक्रम सुरु हुनेछ । त्यसपछि उनी लुम्बिनी पर्सा चोक, भैरहवा र धकर्ध पुग्नेछन् ।
त्यपछि कपिलवस्तुको तौलिहवा हुँदै बहादुरजंग, चन्द्रौटा र गोरुसिंङघे जानेछन् ।
त्यहाँको कार्यक्रम सकेर बालेन नवलपरासीतर्फ लाग्नेछन् । नवलपरासीको परासी चोक, बलासपुर, गोपीगञ्ज र बर्दघाटको हुने कार्यक्रममा सहभागि हुनेछन् ।





प्रतिक्रिया