काठमाण्डु – काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन शाहले मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा राखेको आपत्तिजकन स्टाटस हटाएका छन् ।
प्रमुख शाहले भारत, चीन र अमेरिका तथा देशका राजनीतिक दलहरूलाई लक्षित गर्दै आपत्तिजनक स्टाटस लेखेका थिए ।
स्टाटसको तीव्र आलोचना भएपछि शाहले केहीबेरमै स्टाटस हटाएका छन्।
उनको उक्त अभिव्यक्तिको स्क्रिनसट अहिले पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ।
उक्त स्टाटसमा उनले अमेरिका, भारत र चीनजस्ता देशहरू तथा प्रमुख राजनीतिक दलहरूलाई लक्षित गर्दै आपत्तिजनक शब्द प्रयोग गरेका थिए।
शाहले अमेरिका, भारत, चीन तथा एमाले, कांग्रेस, रास्वपा, राप्रपा र माओवादीलाई लक्षित गर्दै आपत्तिजनक तथा अशिष्ट शब्दहरू प्रयोग गरेका थिए।
उक्त स्टाटस पोस्ट भएको केही समयमै हटाइएको हो। तर, सो अवधिसम्ममा धेरै प्रयोगकर्ताले त्यसको स्क्रिनसट लिइसकेका थिए। उनले हटाए पनि स्टाटसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।




प्रतिक्रिया