बालेनलाई दुर्गा प्रसाईंले भने – सुकुमवासी समस्या हुन् जस्तो लागेको भए राम्रो घर बनाइदिनुस्

बालेनलाई दुर्गा प्रसाईंले भने – सुकुमवासी समस्या हुन् जस्तो लागेको भए राम्रो घर बनाइदिनुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहलाई सुकुमवासीका लागि राम्रो घर बनाइदिन चुनौती दिएका छन् ।

आइतबार काठमाण्डुको मनोहरास्थित सुकुम्बासी बस्तीमा पुगेर उनले मेयर शाहलाई सुकुमवासी समस्या हुन् जस्तो लागेको भए राम्रो घर बनाइदिन आग्रह गरेका हुन् ।

उनले भने, ‘यो सुकुमवासी ०५८ सालदेखि यो समस्या हो भने तपाईंलाई घिनलाग्दो सिटी लाग्छ भने तपाईंसँग बजेट छ, राम्रो घर बनाइदिनुस् न, सरकारी जग्गा रहेछ त्यहाँ ।तपाईं एसी रुममा बस्नुहुन्छ, तपाईंको घर छ, तपाईं जमिन्दारको छोरो, इन्जिनियर पढ्नु भो, एसीमा बसेर दारु खानुहुन्छ तपाईं, अनि स्टाटस लेख्नुहन्छ, अनि फेरि डिलिट गर्नुहुन्छ । त्यो गर्दागर्दै अहिले तपाईं केही गर्न नसकेर तपाईंको जम्मा भत्काउने काम मात्रै भो । र, गरिबलाई लेखेट्ने काम मात्रै भो ।’

प्रसाईंले सुकुमबासीहरुलाई भोट बैंकको रुपमा प्रयोग मात्रै गरेको तर उनीहरुको समस्या समाधान नगरेको भन्दै प्रसाईंले राजनीतिक दलहरुको पनि आलोचना गरे ।

उनले मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा सहयोग गर्न सबैलाई आह्वान गरे ।