प्रधानमन्त्रीज्यू, मलाई हराउने ताकमा देशचैँ नडुबाउनु होला : बालेन शाह

प्रधानमन्त्रीज्यू, मलाई हराउने ताकमा देशचैँ नडुबाउनु होला : बालेन शाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई हराउन लागिपरेको आरोप लगाएका छन्।

शुक्रबार फेसबुकमा एक पोस्ट सेयर गर्दै उनले भोको पेट मारेर आफूलाई हराउन खोजेको आरोप लगाएका हुन् ।

उनले आफूहरु मदन भण्डारीको सपना पुरा गर्न हिडेको समेत उल्लेख गरेका छन् । उनले लेखेका छन् :-

प्रधानमन्त्रीज्यु ,
भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ ,
हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे !
मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला!!!