शपथ समारोहमा ओली र देउवा अनुपस्थित

शपथ समारोहमा ओली र देउवा अनुपस्थित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री बालेज शाहको शपथ समारोहमा चार जना पूर्वप्रधानमन्त्रीहरू उपस्थित भएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासका आयोजित शपथ ग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई उपस्थित भएका हुन्।

तर पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा भने अनुपस्थित रहे ।