बालेन नेतृत्वको मन्त्रीमण्डलमा झण्डै ४० प्रतिशत महिला

बालेन नेतृत्वको मन्त्रीमण्डलमा झण्डै ४० प्रतिशत महिला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा महिला प्रतिनिधिको संख्या झण्डै ४० प्रतिशत पुगेको छ ।

सरकारले समावेशी शासनलाई केन्द्रमा राख्दै मन्त्रिपरिषमा उल्लेखनीयरुपमा महिला सहभागि गराएको हो ।

कुल १६ सदस्यीय मन्त्रिपरिषद्मा ६ जना महिला मन्त्री नियुक्त भएका छन्, जसले ३७.५ प्रतिशत (झण्डै ४० प्रतिशत) महिला प्रतिनिधित्व कायम गर्छ।

गत चैत १३ गते प्रधानमन्त्री शाह नेतृत्वको नयाँ सरकार गठन हुँदा ५ जना महिला मन्त्री बनेका थिए ।

प्रधानमन्त्री शाहको सिफारिसमा आजै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव नियुक्त भएकी छिन् । यो सँगै मन्त्रिपरिषद्मा महिला प्रतिनिधिको संख्या संख्या ६ पुगेको हो ।

३३ प्रतिशत महिला सहभागीता अनुरुप कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, कृषी तथा पशुपंक्षी विकास मन्त्रीमा गिता चौधरी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा सिता वादी, स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेता र सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल नियुक्त भएका थिए ।

नेपालको संविधानले राज्यका निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ ।