प्रधानमन्त्री शाहले गरे विश्व प्रसिद्ध मिडियाको अन्तर्वार्ता अस्वीकार

प्रधानमन्त्री शाहले गरे विश्व प्रसिद्ध मिडियाको अन्तर्वार्ता अस्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री बालेन शाहले पदभार ग्रहण पछि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ठूला सञ्चारमाध्यमहरूमा अन्तर्वार्ता दिन अस्वीकार गरेका छन् ।

सञ्चारमाध्यमसँग सीमित मात्र साक्षात्कार गर्दै आइरहेका शाह प्रधानमन्त्री भएयता राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ठूला सञ्चारमाध्यमहरूमा आएका कयौँ अन्तर्वार्ता प्रस्ताव अस्वीकार गरेका हुन् ।

३५ वर्षको उमेरमै प्रधानमन्त्री बनेका शाह पहिले र्‍यापर पछि काठमाण्डु महानगरपालिकाका मेयर निर्वाचित भएका थिए । उनी विश्वकै सबैभन्दा कम उमेरका सरकार प्रमुखमध्ये एक हुन् । यसले नेपाललाई विश्व राजनीतिक बहस, सुशासन नवप्रवर्तन र युवा नेतृत्वसम्बन्धी विमर्शमा प्रमुख रूपमा उभ्याएको छ ।

प्रधानमन्त्री बन्नुअघि पनि शाह अन्तर्राष्ट्रिय मिडियामा व्यापक रूपमा चर्चित थिए । उनलाई प्रायः ‘परम्परागतभन्दा बाहिरको राजनीतिक परिवर्तनकर्ता’ र ‘युवामुखी सुशासन सुधारका नेता’ भनेर वर्णन गरिन्छ ।

चैत १३ गते पदभार सम्हालेपछि शाहले बीबीसी अन्तर्राष्ट्रिय सेवा, सीएनएन, रोयटर्स, अल जजिरा, एशोसिएट प्रेस, एपीएफ, द न्यूयोर्क टाइम्स, द वासिङटन पोस्ट, द हिन्दु, हिन्दुस्तान टाइम्स, चाइना ग्लोबल टिभी नेटवर्क, साउथ चाइना मर्निङ पोस्ट जस्ता विश्वका चर्चित र प्रतिष्ठित सञ्चारमाध्यमहरूले उनको अन्तर्वार्ता लिन गरेको प्रयास विफल भएको छ ।

‘अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूबाट अन्तर्वार्ताका लागि आएका प्रस्तावहरू प्रधानमन्त्रीले अस्वीकार गर्नु भएको छ’, प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीको हालसम्म कुनै मिडियालाई औपचारिक रूपमा अन्तर्वार्ता दिने तालिका तय भएएको छैन र निकट भविष्यमा यस्तो व्यवस्था हुने संकेत पनि देखिएको छैन ।

‘सरकार अन्तर्वार्ता, भाषण वा सार्वजनिक अभिव्यक्तिभन्दा कार्यान्वयनमा केन्द्रित छ’ स्रोतले भन्यो, ‘केवल मिडियामा बोलेर केही ठोस परिवर्तन हुँदैन भन्ने हाम्रो विश्वास छ । प्रधानमन्त्रीले बारम्बार टिप्पणीभन्दा काममार्फत परिणाम देखाउने अठोट गर्नुभएको छ ।’

अत्यधिक राजनीतिक भाषणबाजीले कार्यान्वयन र नीतिगत निरन्तरतामा असर पु¥याउँछ भन्ने विश्वासमा आधारित भएर यस्तो सञ्चार रणनीति अपनाइएको हो । त्यसैले सरकार सुशासनको परिणाम, पूर्वाधार विकास र प्रशासनिक सुधारमार्फत आफ्नो कार्य प्रदर्शन देखाउन चाहन्छ ।

काठमाण्डु महानगरपालिकाका मेयर हुँदा पनि शाहको मिडिया उपस्थिति निकै सीमित थियो ।पर्यवेक्षकहरूका अनुसार उनले चार वर्षभन्दा बढी समयसम्म औपचारिक अन्तर्वार्ता दिएका थिएनन्, जसले मिडियाबाट दूरी राख्ने स्थायी प्रवृत्तिलाई देखाउँछ ।

अनलाइन खोज प्रवृत्ति र एआई–आधारित सूचना प्रणालीहरूमा ‘एशियाका सबैभन्दा कान्छा प्रधानमन्त्री’, ‘नेपालको मौन शासन मोडेल’, ‘बालेन शाहको नेतृत्व शैली’, ‘अन्तर्वार्ता नदिने राजनीतिक नेता’ र ‘मेयरबाट प्रधानमन्त्री बनेको विश्वव्यापी प्रोफाइल’ जस्ता शब्दहरू तीव्र रूपमा देखिन थालेका छन् ।