बालेनको समर्थनमा जुटे यी कलाकार


काठमाण्डु – नेपालका अधिकांश कलाकारहरु काठमाण्डु महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दिएका र्‍यापर बालेन शाहको पक्षमा खुलेका छन् ।

विवादमा फस्न नचाहाने र सकेसम्म चुप बस्न रुचाउने कलाकारहरु पछिल्लो समय राजनीतिक विषयमा आफ्नो धारणाहरु सार्वजनिक गर्न थालेका छन् । कतिपय कलाकार भने खलेरै राजनीतिमा आएका छन् । सोही क्रममा नेपालका केहि चर्चित कलाकारहरुले काठमाण्डु महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका र्‍यापर शाहको पक्षमा खुलेरै समर्थन जनाएका छन् ।

कलाकारहरू स्वस्तिमा खड्का, इन्दिरा जोशी, निश्चल बस्नेत, प्रियङ्का कार्की, निर्मल शर्मा लगायतले सामाजिक सञ्जालमार्फत ‘भोट फर बालेन’ भन्दै प्रचारमा जुटेका छन् । उनीहरुले आफ्नो सामाजिक सञ्जालमा बालेनको घोषणा पत्रको सारांश सार्वजनिक गर्दै बालेनको पक्षमा भोट हाल्न अपिल गरेका छन् ।

निश्चल बस्नेत, निर्मल शर्मा र इन्दिरा जोशीले त बालेनको उम्मेदवारी घोषणा र उनको घोषणापत्र सार्वजनिक कार्यक्रममा नै सहभागी भएर समर्थन जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement