काठमाण्डु – निर्वाचन आयोगले काठमाण्डु महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका बालेन्द्र शाह ‘बालेन’लाई चुनाव चिह्न लौरो प्रदान गरेको छ ।
शनिबार देशभरकै स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न बाँड्ने निर्वाचन आयोगको कार्यतालिकाअनुसार आयोगले बालेनलाई चुनाव चिह्न ‘लौरो’ दिएको हो । र्यापर शाहले काठमाण्डु महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।




प्रतिक्रिया