काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री वालेन शाह भरतपुर पुगेका छन् । प्रधानमन्त्री शाह रास्वपाका वरिष्ठ नेता पनि हुन् ।
प्रधानमन्त्री शाह र पार्टी सभापति रवि लामिछानेले आइतबार दिउँसो भरतपुर गेस्ट हाउस चौरमा महाधिवेशनको संयुक्त रूपमा उद्घाटन गर्नेछन् ।
प्रधानमन्त्री शाह श्रीमती सविना काफ्लै र छोरीसहित बुध्द एयरको विमानबाट चितवन पुगेका हुन् । विमानस्थलबाट निस्किँदै गर्दा शाहले छोरी बोकेका थिए ।
एयरपोर्टबाट उनी कालिका नगरपालिकाको शक्तिखोरमा रहेको लटौली रिसोर्ट पुगेका छन् । लटौलीमा रेष्ट गरेपछि उनी महाधिवेशन उद्घाटन स्थल जानेछन् ।






प्रतिक्रिया