काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने पुनः निर्वाचित भएपछि पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले शुभकामना दिएका छन्।
चितवनमा जारी महाधिवेशनमा सभापति पदमा अन्य कुनै उम्मेदवार नउठेपछि केन्द्रीय निर्वाचन आयोगले लामिछानेलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।
मंगलबार भएको उम्मेदवारी दर्ताका क्रममा प्रधानमन्त्रीसमेत रहेका पार्टीका वरिष्ठ नेता शाहको प्रस्तावमा लामिछानेले सभापति पदमा उम्मेदवारी दिएका थिए। त्यसपछि उक्त पदमा अर्को दाबी नपरेपछि उनी पुनः नेतृत्वमा दोहोरिएका हुन्।
लामिछाने पुनः सभापतिमा निर्वाचित भएपछि शाहले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन्। मध्यराति उनले आफू र रवि लामिछानेको स्केच चित्र सेयर गर्दै पार्टीको आगामी यात्राका लागि शुभकामना दिएका हुन्।
बालेनले रोमन नेपालीमा लेखेका छन्, ‘हाम्रो पार्टीलाई शुभकामना। सबै जना सफल हुनुस्। देशलाई सफल बनाउनुस्।’





प्रतिक्रिया