काठमाण्डु – काठमाण्डु महानगरपालिकाले आज तीन वटा दमकल ल्याएको छ । तत्कालिन मेयर विद्यासुन्दर शाक्यको पालामा खरिद भएको दमकल आज काठमाण्डु महानगर आइपुगेका हुन् ।
काठमाण्डु महानगरका प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत दमकलहरुको वैज्ञानिकतवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरु गर्दै आएको छ । सोही अनुरुप पुर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रिया अन्तर्गत ३ दमकलहरु महानगरमा आइपुगेका छन।’
सकेसम्म अग्नी दुर्घटना हुनै नदिनु सबै भन्दा उत्तम विकल्प भएको जनाउँदै उनले आगोको बिषयमा कहिलै पनि हेलचेक्राइँ नगर्न सबैलाई अनुरोध गरेका छन् ।
‘आगोको प्रयोगमा असाध्यै धेरै सावधानीको आवश्यकता जहाँसुकै र जहिलै हुन्छ । काठमाडौं जस्तो क्षेत्रहरु जहाँ आफ्नै संरचनागत खराबीहरुले गर्दा आगलागीको जोखिम उच्च र नियन्त्रणमा सिमितता छ, त्यस्ता क्षेत्रहरुमा आगलागीका बिषयमा झन् धेरै सचेत र होसियार हुनै पर्छ,’ मेयर साहले भनेका छन् ।




प्रतिक्रिया