मेयर साहको पहिलो निर्णय : कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण

मेयर साहको पहिलो निर्णय : कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाका मेयर बालेन साहले कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेका छन् । सोमबार मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गर्ने बताएका हुन् ।  त्यसैगरी मेयर बालेनले काठमाण्डुको फोहोर व्यवस्था नभएसम्म खादा–माला नलगाउने समेत दावी गरे ।

‘हामीले गरेको पापको भोगी उहाँहरु हुनु भएको छ । हाम्रो फोहोरले गर्दा सिसडोलवासी क्यान्सर पीडित हुनु भएको छ, छालाको रोग भएको छ । त्यत्रो मान्छे मरिरहनु भएको छ । यो शोक मनाउने बेला हो । फोहोर व्यवस्थापन नभएसम्म, सिसडोलवासी स्वच्छ वातावरणमा बस्ने वातावरण नभएसम्म, बाँच्न पाउने अधिकार नभएसम्म अरु नगर्ने भनेका छौं ।’, उनले भने ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाण्डु महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित निर्वाचित भएका हुन् । उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित गरेका थिए ।