काठमाण्डु – काठमाण्डु महानगरपालिकाको पहिलो पटक बसेको कार्यपालिका बैठकले फोहोरमैला व्यवस्थापन गर्ने लगायतका निर्णय गरेको छ ।
सोमबार नवनिर्वाचित मेयर बालेन शाहको अध्यक्षतामा बसेको बैठकले फोहोरमैला व्यवस्थापन गर्ने, होटेल रेस्टुँराका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोगमा ल्याउने, महानगरको गुनासो लिन कल सेन्टर खडा गर्ने, इन्फ्राइस्ट्रक्चरको रुपमा विभिन्न काम गर्न एम्बुलेन्सले तत्काल सेवा दिनेगरी सञ्चालनमा ल्याइने निर्णय गरेको हो ।
महानगरको गुनासो लिन ३२ वडाको ३२ वटा डाटा बेस गुनासाहरु सुन्ने कल सेन्टर सञ्चालनमा ल्याउने बैठकले निर्णय गरेको छ । इन्फ्राइस्ट्रक्चरको रुपमा एम्बुलेन्सले तुरुन्तै महानगरभित्रका समस्या समाधान गर्ने गरी सुरुआत गरिनेसमेत जनाइएको छ ।




प्रतिक्रिया