प्रधानमन्त्री शाहले गरे चौमासिक प्रगति विवरण सार्वजनिक

प्रधानमन्त्री शाहले गरे चौमासिक प्रगति विवरण सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको ४ महिना नाघेको छ । प्रधानमन्त्री शाहले चौमासिक प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम चौमासिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदनमा २०८३ साल वैशाख १ गतेदेखि असार मसान्तसम्म २१ वटा मन्त्रिपरिषद् बैठक बसी ३८४ वटा निर्णयहरू भएको उल्लेख गरिएको छ । यसअवधिमा मन्त्रिपरिषद्का विभिन्न समितिको ८ वटा बैठक सम्पन्न भई १२ वटा निर्णयहरू भएको छ ।

नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ को तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको, शून्य बाँकी फाइल अभियान सञ्चालन गराउने उल्लेख छ ।

उक्त अभियानको कार्यान्वयन अवस्थाबारे एकीकृत प्रगति प्रतिवेदन उपलब्ध गराउन सम्बन्धित सबै निकायसँग माग गरिएको पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।