भोलिदेखि ‘बलिदान’ प्रदर्शनमा आउँदै, जेनजीको भावनालाई प्रतिनिधित्व गरेको दाबी

भोलिदेखि ‘बलिदान’ प्रदर्शनमा आउँदै, जेनजीको भावनालाई प्रतिनिधित्व गरेको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कथानक चलचित्र ‘बलिदान’ भोलि फुलपातीबाट प्रदर्शनमा आउँदैछ ।

निर्देशक सन्तोष सेनले आफ्नो चलचित्र बलिदानका बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा चलचित्र बलिदान क्रान्तिका लागि लड्ने, आमाको लागि मातृभूमिको लागि लड्ने कथा भएको बताए ।

उनले भने, ‘जेनजी पुस्ताका भाइबहिनीहरूले जे सोचेर सडकमा उभिनुभयो । त्यसरी नै परिवर्तनको लागि आफ्नो ठाउँबाट परिवर्तनका लागि लड्नुपर्छ । त्यस्तै लडाइ चलचित्र बलिदान हो । बलिदानमा क्रान्ति, आमा वा मातृभूमिका लागि लड्ने कथा भएको हुनाले हालैको घटना र यो सिनेमाको घटना पनि मिल्दोजुल्दो भयो ।’

उनले चलचित्रमार्फत दबिएर र खुम्चिएर बस्नेभन्दा त्यसका विरुद्धमा आवाज उठाउनुपर्ने सन्देश दिन खोजेको बताए । ‘चलचित्रको माध्यमबाट दबिएर वा खुम्चिएर बस्ने नभई आवाज उठाउनुपर्छ । कुठिन व्यवस्था विरुद्धमा आवाज उठाउनुपर्छ । गाउँगाउँ, टोलटोलमा युग पुरुषको जन्म हुनुपर्छ भन्ने सन्देश पनि हो,’ उनले भने ।

निर्देशक सेनले चलचित्र बलिदान आफ्नो सपना रहेको र त्यसलाई पूरा गर्न धेरै समय र उतारचढाव भोग्नुपरेको समेत बताए ।

कार्यक्रममा बोल्दै कलाकार समिर भट्टले बलिदान देश एवं माटोको र आमाछोराको कथा भएको भन्दै अग्रिम बुकिङलाई देखेर एकदमै खुसी लागेको बताए । उनले बलिदानबाट आउने प्रतिक्रिया अनुसार अन्य सिनेमाको लागि अगाडि बढ्ने पनि बताए ।

‘आशुसेन फिल्म्स प्रालि’को ब्यानरमा बनेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायत कलाकारहरूको अभिनय छ ।

चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी छन् ।