प्रद्धर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, दुई जना घाइते

प्रद्धर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, दुई जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिवास – महोत्तरीको बर्दिवासमा मंगलबार दिउँसो प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् ।

बर्दिवास नगरपालिका–१४ को शुभम् वस्तीबाट हराएकी ६ वर्षिया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै आफन्तले गरेको प्रद्धर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र गोली चलाएको हो ।

सोही प्रहरीले चलाएको गोली लागेर बर्दिवास नगरपालिका वडा नम्बर ५ का श्याम कार्की र वडा नम्बर १४ का अफताव आलम घाइते भएको प्रहरीले जानकारी दिएको छ । कार्कीलाई चार वटा रबरको गोली लागेको छ भने आलमको टाउकोमा चोट छ । उनीहरूको शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।

बर्दिवास नगरपालिका वडा नम्बर १४ को शुभम् वस्तीबाट हराएकी ६ वर्षिया बालिका गुलाव साहको शव सोमबार राति फेला परेको थियो ।प्रदर्शनमा उत्रिएका आफन्तहरूले महेन्द्र राजमार्ग बन्द गनुका साथै आरोपीतको घरमा आगजनी समेत गरेका छन् ।