काठमाण्डु – नेकपा एमालेको मुख्यालय थापाथलीबाट बालिका खड्का पक्राउ परेकी छन् ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भनेपछि कार्यालय परिसरबाट खड्कालाई पक्राउ गरिएको हो ।
धुम्बाराहीबाट थापाथलीमा सरेको एमालेको नयाँ मुख्यालयमा मुख्यमन्त्री राईलाई देखेपछि उनले भेट गर्न खोजेकी थिइन् । तर, प्रहरीले उनलाई भेट्नबाट रोकेको थियो ।
खड्काले मुख्यमन्त्री राईले आफ्नो अस्तित्व समाप्त पारेको आरोप लगाउँदै आएकी छन् ।




प्रतिक्रिया