पोखरीमा ११ वर्षिया बालिकाको शव भेटियो

पोखरीमा ११ वर्षिया बालिकाको शव भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीमा एक बालिकाको शव भेटिएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका–८ स्थित शिव मन्दिर अगाडिको पोखरीमा ११ वर्षीया बालिकाको शव फेला परेको हो ।

शनिबार दिउँसो पोखरीमा नुहाउन जाँदा बेपत्ता भएकी कञ्चनरुप–४ निवासी दिलीप परियारकी ११ वर्षीया छोरी डल्लीको शव शनिबार साँझ पोखरीमा फेला परेको प्रहरीले जनाएको छ ।

पोखरीमा नुहाउन जाँदा पोखरीभित्रै ती बालिका बेपत्ता भएकी थिइन । प्रहरी र स्थानीयवासीको खोजी गर्ने क्रममा उनी मृत फेला परेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।