प्रदेश राजधानी नहुँदैमा विकासमा फरक पर्दैनः गृहमन्त्री खाँण

प्रदेश राजधानी नहुँदैमा विकासमा फरक पर्दैनः गृहमन्त्री खाँण


काठमाण्डु – गृहमन्त्री बालकृष्ण खाँणले प्रदेश राजधानी नहुँदैमा बुटवलको विकासमा फरक नपर्ने बताएका छन् । बुटवलले विकासमा फड्को मारिसकेको र यो आफ्नै बलबुतामा सम्भव भएको भन्दै उनले राजधानी नरहने पनि लुम्बिनी प्रदेशको विकासको केन्द्र बुटवल नै हुने बताए ।

गौतमबुद्ध सामुदायीक स्वास्थ्य संस्थाको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै गृहमन्त्री खाँणले बुटवललाई अहिलेको अवस्थामा ल्याइपु¥याउन सबैको साझा प्रयास रहेको बताए । रुपन्देहीको विकासका लागि आफूले धेरै प्रयास गरे पनि जस भने लिन नपाएकोमा उनले दुःखेसो पोखे । ‘विकासका लागि मैले धेरै प्रयास गरे, तर जस लिन पाइन र लिने प्रयास पनि गरिन,’ उनले भने ।

गृहमन्त्री खाँणले मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको, प्रविधिको प्रयोग बढ्दै गएको पनि बताए । स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्रिए पनि न्युन आर्थिक अवस्था भएकाले यसको प्रयोग गर्न नसक्नु चुनौती बनेको बताए ।

सरकारी अस्पतालको व्यवस्थापन सुधार नहुँदा सर्वसाधारणले निजी अस्पतालमा महंगो उपचार सेवा लिनु परिरहेको भन्दै गृहमन्त्री खाँणले सरकारी अस्पतालको क्षमता विस्तारसँगै स्तरोन्नतीका लागि सरकारले काम गरिरहेको प्रष्टाए ।