काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरू गृहमन्त्री बालकृष्ण खाँणप्रती पनि आक्रोशित बनेका छन् । आफूहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले प्रहरी बलको प्रयोग गरेको भन्दै नेपाल बारको आन्दोलनमा कानुन व्यवसायीहरु गृहमन्त्री खाँणप्रति आक्रोशित बनेका हुन् ।
उनीहरूले गृहमन्त्री खाँणको राजीनामा समेत मागेका छन् । बारका उपाध्यक्ष ईश्वरी भट्टराईले सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको भन्दै गृहमन्त्री खाँणको विरुद्धमा नारा लगाएका थिए । उनले ‘गृहमन्त्री राजीनामा देऊ’ भनेर नारा लगाएपछि आन्दोलनकारी वकिलहरुले त्यही नारा घन्काएका थिए ।




प्रतिक्रिया