बालकोटमा एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच के-के भयो कुराकानी?

बालकोटमा एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच के-के भयो कुराकानी?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

शुक्रबार एमाले अध्यक्ष ओली निवास भक्तपुरको बालकोटमा भएको भेटघाटमा दुई नेताबीच एक घण्टा छलफल भएको हो । दुई नेताबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

राष्ट्रियसभामा एमालेलाई समेट्ने प्रधानमन्त्री प्रचण्डको प्रस्तावले गठबन्धनमा असन्तुष्टि बढेको बेला दुई नेताबीचको भेटलाई अर्थपूर्ण रूपले हेरिएको छ ।