ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड,सभामुख घिमिरे र कांग्रेस सभापति देउवा

ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड,सभामुख घिमिरे र कांग्रेस सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकवट पुगेका छन्।

अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा अघि बढाउने विषयमा सहमतिका लागि सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे र कांग्रेस सभापति देउवा ओली निवास बालकोटमा गएका हुन् ।

तीन दलका शीर्ष नेताबीच टीआरसी र संवैधानिक परिषद्सम्बन्धी विधेयकका बारेमा सहमति जुटाउने प्रयासस्वरुप नेताहरूबीच छलफल हुने बताइएको छ ।