काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न नेपाल बार र सर्वोच्च बार एशोसिएसनमा पदाधिकारी बालकोट पुगेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलित कानुन व्यवसायीहरुको टोलीले केहिबेरअघि बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग भेट गरेका हुन् ।
गत कात्तिक पहिलो सातादेखि आन्दोलित कानुन व्यवसायीहरुको टोली प्रधानन्यायाधीश जवरालाई महाअभियोग लगाउनेबारेमा एमालेलाई फकाउन ओली निवास पुगेको हो ।
एमाले अध्यक्ष ओलीले उनीहरुलाई मध्यान्ह साढे १२ बजेको समय दिएर बालकोट बोलाएका थिए । त्यही अनुसार बालकोट पुगेका उनीहरुले ओलीलाई पौने १ बजे भेटेका हुन्।
ओलीलाई भेट्न जेष्ठ वकिल कृष्णप्रसाद भण्डारी, बारका पूर्वअध्यक्ष शभ्मु थापा, वर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य पनि बालकोट पुगेका छन् ।




प्रतिक्रिया