काठमाण्डु – एमसीसीका विषयमा अन्यौलता बढ्दै गएसँगै विभिन्न राजनीतिक दलका नेताहरूले छलफललाई तीव्रता दिन थालेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् । दिनभर सत्ता गठबन्धनका नेताहरूसँग छलफल गरेका देउवा साँझ ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।
प्रधानमन्त्रीसँगै पार्टी उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की पनि बालकोट पुगेका छन् । उनीहरूबीचको भेटमा एमसीसीका विषयमा छलफल भइरहेकाे छ ।
एमसीसीलाई जसरी पनि संसद्बाट अनुमोदन गर्ने पक्षमा रहेका देउवा सत्ता गठबन्धनको साथ नभए प्रमुख प्रतिपक्षीलाई भए पनि साथमा लिएर जाने मनस्थितिमा छन् ।




प्रतिक्रिया